महावीरको सुझाव– ‘आदर्श भाई प्रधानमन्त्रीको इज्जत माटोमा नमिलाइदेऊ’

लोकपथ
70
Shares

काठमाडौं । पूर्वमन्त्री महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय आदर्शकुमार श्रेष्ठलाई गरिएको नियुक्तिबारे आपत्ति जनाएका छन् ।

नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य समेत रहेका पुनले हालै प्रधानमन्त्री कार्कीले आफ्नै स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी दिलाएकी छन् ।

त्यसको चौतर्फी विरोध भइरहेका बेला महावीरले सामाजिक सञ्जालमा लेख्दै उक्त पद नलिन श्रेष्ठलाई सुझाव समेत दिएका छन् ।

‘प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखको पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई गरेको नियुक्ति १०० प्रतिशत गलत हो । आदर्श भाई प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिलोस् भन्नाको खातिर त्यो पद नलिउ । त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाई देउ,’ पूर्वमन्त्री पुनले भनेका छन् ।

सामाजिक सञ्जालमा पुनले लेखेका छन् :

प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखको पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई गरेको नियुक्ति १०० प्रतिशत गलत हो । आदर्श भाई प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिलोस् भन्नाको खातिर त्यो पद नलिउ । त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाई देउ । यस्तै किसिमको नातावाद, चाकरीवाद, कृपावाद, चाप्लुसीवादले पुराना दलहरु खत्तम भए । यही पाराले काम गर्ने हो भने नयाँ दलहरु पनि कालन्तरमा मासिन्छन् । होसियार गर्ने म छु । त्यो नियुक्ति अब आउने सरकारले बुद्धि पुर्‍याएर गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?