रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

लोकपथ
140
Shares

काठमाडौं । पूर्वउपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता गर्नेविरुद्धको रिटको सुनुवाई ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।

लामिछानेमाथिको सहकारी ठगीसँगै दायर भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा राखिएको हो ।

आज पेसी तोकिए पनि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ राखेर भोलिका लागि सुनुवाइको पेसी राखिएको हो ।

आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।

महान्यायाधिवक्ताको उक्त निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विधार्थी आयुष बडाल र युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका थिए ।

महान्यायाधिवक्ता भण्डारीले पुस ३० गते सदर गरेको ७ पृष्ठ लामो ’टिप्पणी र आदेश’ मा लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकील कार्यालयहरूलाई निर्देशन दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?