मन्त्रिपरिषद बैठक आज बस्दै, छानबिन प्रतिवेदनबारे निर्णय गर्ने

लोकपथ
98
Shares

काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनबारे सरकारले आज निर्णय लिने भएको छ । यसका लागि आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले एक अन्तर्वार्तामा आज बस्ने मन्त्रिपरिषद्को बैठकले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनबारे सरकारले निर्णय लिने बताइन् ।

उनले भनेकी छिन्, ‘अब हामीसँग धेरै समय पनि छैन । नयाँ जनादेश आइसकेको छ । नयाँ सरकारले पनि बाँकी प्रक्रिया अवश्य अघि बढाउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?