कालीकोटमा २२ वर्षीय युवक मृत फेला

लोकपथ
21
Shares

सुर्खेत । कालीकोटको नरहरिनाथ गाउँपालिका–२ स्थित मजिउन खोला र बुक खोलाको बीच भागमा एक युवक मृत फेला परेका छन् ।

मृतक नरहरिनाथ गाउँपालिका–३ कुमालगाउँ २२ वर्षीय राजेन्द्र बुढा रहेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार खोलामा बालुवा लिन गएका एक दम्पतीले शव देखेपछि घटनाबारे स्थानीयलाई जानकारी गराएका थिए । 

परिवारका सदस्यहरूका अनुसार राजेन्द्र बुढा फागुन २८ गतेदेखि घरबाट हराइरहेका थिए । 

उनी नरहरिनाथको मुख्य सडकबाट करिब ३०० मिटर तल मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?