काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ ।
माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले दोषीलाई कडा सजाय दिन र जघन्य अपराधका लागि फाँसीको सजायसमेत हुने कानुन बनाउन सरकारलाई दबाब दिएका छन् ।
प्रदर्शनमा सहभागी सामाजिक अभियन्ता कविता चन्द सोडारीले हत्या र बलात्कारजस्ता गम्भीर अपराध रोक्न सरकारलाई सचेत गराउन आफूहरू सडकमा उत्रिएको बताइन् ।
प्रदर्शनकारीहरूले ‘इनिसालाई न्याय देऊ’ र ‘बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
उनीहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा रोक्न कडा कानुनी व्यवस्था आवश्यक रहेको भन्दै सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया