ओली पिता मोहनप्रसादको निधनमा बालेनद्वारा दुख व्यक्त

लोकपथ
182
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दुख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका बालेनले दुख व्यक्त गरेका हुन् ।

केही समयअघि मात्रै आफ्ना पिता गुमाएका बालेनले पिताको निधनले आफूमा अझै खल्लो महसुस भइरहेको समेत बताएका छन् ।

‘केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ- पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ज्यूलाई पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु । पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस्,’ बालेनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?