काठमाडौं । मोरङमा अवैध लागूऔषध गाँजासहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
शुक्रबार मोरङको विराटनगर महानगरपालिका–३ बरगाछीस्थित सडकमा हिँड्दै गरेका दुई जनामाथि अनुसन्धान गर्दा गाँजा फेला परेको हो ।
पक्राउ पर्नेहरुमा भारतको अररियाका १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्ण कुमार सिंह रहेका छन् ।
उनीहरुको साथबाट ११.५२ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया