काठमाडौं । बुबाको हत्या आरोपी कारागार चलान भएका छन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–७ बाजपुरका ७१ वर्षीय तुलबहादुर कार्कीको गत फागुन २ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए ।
आफ्नै कोठामा मृत अवस्थामा फेला परेका तुलबहादुरको घटनाबारे छानबिन गर्दा छोरा तोरण कार्कीमाथि अनुसन्धान गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तोरणमाथि अनुसन्धान गर्दा आफ्नो बुबाको हत्या गरेको पुष्टि भएको थियो ।
उनलाई जिल्ला अदालत स्याङ्जाको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया