यी ४ दल जसले समानुपातिकमा १ हजार भन्दा कम मत पाए

लोकपथ
70
Shares

काठमाडौं । फागुन २१ को निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ ।

प्रत्यक्ष र समानुपातिक दुवैमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी मत ल्याएर पहिलो भएको छ ।

निर्वाचनमा भाग लिएकामध्ये ५१ राजनीतिक दलहरुले थ्रेसहोल्ड समेत कटाउन सकेनन् ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खसेको मतमध्ये कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गरेका दललाई मात्रै सिट बाँडफाँट गरिने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक दलले ल्याउनुपर्ने न्यूनतम मतको सीमा) भन्दा कम मत प्राप्त गरेका छन् ।

रोचक त के छ भने केही राजनीतिक दल छन्, जसले एक हजार भोट समेत समानुपातिकमा प्राप्त गर्न असमर्थ रहेका छन् । आयोगको तथ्यांक अनुसार ४ राजनीतिक दलले १ हजार भन्दा कम मत प्राप्त गरे ।

त्यसमा जनप्रिय लोकतान्त्रिक पार्टी, मितेरी पार्टी नेपाल, उन्नत लोकतन्त्र पार्टी र त्रिमुल नेपालले एक हजार भोट पनि कटाउन सकेनन् ।

जनप्रिय पार्टीले ९ सय ५५, मितेरी पार्टीले ७७२, उन्नत लोकतन्त्र पार्टीले ७३० मत प्राप्त गरे । त्यस्तै सबैभन्दा कम त्रिमुल पार्टीले समानुपातिकमा मत प्राप्त गरेको छ, जसले ६९४ मत प्राप्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?