डडेल्धुरा । डडेल्धुरामा अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको परशुराम नगरपालिका–२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा १७ वर्षीय सुवास महराको मृत्यु भएको हो ।
बन्दुक पड्किएर गम्भीर घाइते भएका महरालाई तत्कालै उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो । तर, चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका महरा आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए ।
घटनापछि प्रहरीले परशुराम नगरपालिका–२ बसौटीका गणेशबहादुर बोहरा र बैतडी शिवनाथ गाउँपालिका–४ का अर्का १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनास्थलबाट भरुवा बन्दुकसमेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया