पोखरीमा डुबेर एक जना युवकको मृत्यु

लोकपथ
0
Shares

सप्तरी । राजविराजस्थित कल्टु दास पोखरीमा माछा मार्ने क्रममा डुबेर एक जना युवकको मृत्यु भएको छ ।मंगलबार राजविराज नगरपालिका–४ का २५ वर्षीय गजेन्द्र दास (बौवा) को पोखरीमा डुबेर मृत्यु भएको हो ।

राजविराज–३ स्थित उक्त पोखरीमा माछा मार्न गएका उनी तेस्रो पटक पानीमा पसेका बेला डुबेको प्रहरीले जनाएको छ ।

दुई पटक माछा मारेर बाहिर निस्किएका दास पुनः तेस्रो पटक माछा मार्न पानीमा पसेका बेला डुबेको स्थानीयवासीले बताएका छन् ।

घटनाबारे खबर पाएपछि नेपाली सेनाको बरख गण, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको गोताखोर टोली घटनास्थल पुगेको थियो । करिब चार घण्टाको खोजीपछि सेनाले पोखरीबाट उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?