ललितपुरमा स्कुलभित्रै चितुवा पसेपछि…

लोकपथ
364
Shares

काठमाडौं । विद्यालय भवनमै पसेको चितुवालाई उद्धार गरिएको छ ।

मंगलबार बिहान ललितपुरको महानगरपालिका वडा नं. १३ कुसुन्ती हाईट स्थित माछापुच्छ्रे स्कुलमा जंगली चितुवा पसेको थियो ।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले त्यसको उद्धार गरी सदर चिडियाना जावलाखेलमा पठाइएको छ ।

प्रहरीले चिडियाखाना र वन विभागसँग समन्वय गरी उक्त चितुवालाई जीवितै उद्धार गरी चिडियाखाना पठाइएको हो ।

चितुवा स्कुलमा प्रवेश गरेपछि त्यहाँका विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?