काठमाडौं । हर्कराज राई (हर्क साम्पाङ) ले आगामी बन्ने संसदमा राप्रपाबाट निर्वाचित ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) सँग आफ्नो कुरा मिल्नसक्ने भन्दै व्यंग्य गरेका छन् ।
हर्क साम्पाङ सुनसरी क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् भने ज्ञानेन्द्र शाही जुम्लाबाट निर्वाचित भएका हुन् ।
सामाजिक सञ्जालमा निरन्तर सक्रिय हर्कले सामाजिक सञ्जालमा लेख्दै आगामी संसदमा उनै ज्ञानेन्द्र शाहीसँग कुरा मिल्न सक्ने बताए ।
‘माननीय ज्ञानेन्द्र शाही ज्यु सङ्ग चाहिँ कुरा मिल्छ जस्तो लाग्छ ! प्रारम्भिक अनुमान मात्रै है तर !,’ हर्कले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया