जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी अलायन्सको २४ घण्टे अल्टिमेटम

लोकपथ
210
Shares

काठमाडौं । ‘जेन जी’ अलायन्स फर मोनार्कीले जेनजी घटनासम्बन्धी जाँचबुझ आयोगको पूर्ण प्रतिवेदन २४ घण्टाभित्र सार्वजनिक गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अलायन्सले प्रतिवेदन सरकारको हातमा पुगिसकेको उल्लेख गर्दै अब कुनै बहाना नगरी २४ घण्टाभित्र नेपाली जनतासमक्ष सार्वजनिक गर्न माग गरेको हो ।

विज्ञप्तिमा प्रतिवेदनको कुनै पनि सम्पादित वा संक्षेपित संस्करण स्वीकार नगर्ने स्पष्ट पारिएको छ । ‘हामीले कुनै पनि त्यस्तो संस्करण स्वीकार गर्ने छैनौँ जुन सम्पादन, संक्षेपण वा राजनीतिक स्वार्थअनुकूल परिवर्तन गरिएको होस्, ‘विज्ञप्तिमा भनिएको छ

अलायन्सले प्रतिवेदन सार्वजनिक नगरे वा छेडछाड गरिएको अपूर्ण संस्करण प्रस्तुत गरिए देश थप अन्योल र अराजकतातर्फ धकेलिन सक्ने चेतावनी दिएको छ ।

सरकारले पारदर्शिता कायम गर्दै सत्यतथ्यसहितको पूर्ण प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने अलायन्सको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?