काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । झापा ५ बाट निर्वाचित उनले आज सोमबार निर्वाचन आयोगमा बुझाएको विवरणमा आफ्नो चुनावी खर्च १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ भएको उल्लेख गरेका छन् ।
जसमा सवारी साधन भाडा २ लाख ९३ हजार ५ सय, हवाई भाडा ३५ हजार, मतदाता प्रशिक्षण कार्यक्रम–खाना खर्च २९ हजार ३ सय ९०, वडास्तरीय प्रचार कार्यक्रमका लागि खाजा खर्च २८ हजार ९७०, प्रचार कार्यक्रमका लागि ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया