काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । साथै समानुपातिकतर्फको पनि मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठूलो मतान्तरसहित अग्रता कायम गरिरहेको छ । हालसम्म ७७ लाख ८५ हजार ९ सय ५७ मतको गणना भएको छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार रास्वपाले ३७ लाख ६५ हजार ९ सय ३७ मत प्राप्त गरेको छ । त्यस्तै दोस्रोमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले १२ लाख ६९ हजार ३ सय ३० मत प्राप्त गर्दा नेकपा एमाले पनि कांग्रेसलाई पछ्याइरहेको देखिन्छ । नेकपा एमालेले यो समाचार तयार पार्ने बेलासम्म १० लाख ७४ हजार ८२ मत प्राप्त गरेको छ ।
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ५ लाख ५२ हजार ५ सय ८ मत प्राप्त गरेको छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) थ्रेसहोल्ड कटाउने बाटोमा अघि बढेको देखिँन्छ । राप्रपाले हालसम्म २ लाख ६३ हजार ६ सय ७३ मत प्राप्त गरेको छ भने हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले २ लाख ५६ हजार ४६ मत प्राप्त गरेको छ ।
मधेशवादी दल जनता समाजवादी पार्टी (जसपा) नेपालले १ लाख ७ हजार ८ सय ४२ मत प्राप्त गरेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीले ४९ हजार ८ सय ३१ मत प्राप्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया