काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत हालसम्म १५६ स्थानको नतिजा सार्वजनिक भइसकेको छ ।
निर्वाचन आयोगका अनुसार १५६ स्थानमा प्रत्यक्षको नतिजा सार्वजनिक हुँदा सबै भन्दा बढी सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको छ ।
रास्वपाले हालसम्म १२० स्थानमा जित हासिल गरिसकेको छ भने ५ स्थानमा अझै अग्रता कायम गरेको छ । त्यस्तै दोस्रोमा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले १७ स्थानमा प्रत्यक्षमा जित हासिल गर्दा नेकपा एमालेले ७ स्थानमा जित हासिल गर्दै ३ स्थानमा अग्रता कायम गरिरहेको छ ।
त्यसो त नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ७ स्थानमा जित हासिल गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), श्रम संस्कृति पार्टीले जित हासिल गर्दा १ स्थानमा भने स्वतन्त्रबाट उठेका महावीर पुनले जित हासिल गरेका छन् ।
त्यसो त अब ८ स्थानको परिणाम आउन बाँकी रहेको छ ।
धनुषा क्षेत्र नं १ को परिणाम भने अहिले सार्वजनिक नगर्ने आयोगले जनाएको छ । सो क्षेत्रका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह (कमल) कालोसूचीमा रहेका कारण उनको विषय अदालतसम्म पुगेको छ र अदालतको निर्णयपछि मात्रै त्यहाँको परिणाम सार्वजनिक गर्ने आयोगले जनाएको छ ।
प्रत्यक्षमा मात्र होइन समानुपातिकमा समेत रास्वपा नै अघि देखिएको छ । यो समाचार तयार पार्दासम्म रास्वपाले २५ लाख ४९ हजार ४ सय ६७ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसले ८ लाख ५९ हजार ६ सय ९६ मत प्राप्त गर्दा एमालेले ७ लाख ३९ हजार १२८ मत प्राप्त गरेको छ ।
यता नेकपाले भने ३ लाख ५२ हजार ३५ मत प्राप्त गर्दा राप्रपाले १ लाख ८४ हजार ४ सय ७३ मत प्राप्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया