ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल विजयी भएका छन् । आज आइतबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार उनी ३२ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् ।
रास्वपाका खरेल ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४ सय २० मतमा चित्त बुझाउनु परेको छ ।
एमालेको गढ भनेर चिनिँदै आएको यो क्षेत्रमा उज्यालो नेपाल पार्टीभन्दा एमाले तल परेको छ । यहाँ उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले ५ हजार ५ सय ४७ मत प्राप्त गर्दा नेकपा (एमाले) का प्रेमबहादुर महर्जनले ४ हजार ५ सय ३६ मत पाएका छन् ।
अन्य उम्मेदवारमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले १ हजार ७ सय ६०, नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र अमात्यले १ हजार २ सय १७, श्रम संस्कृति पार्टीका सरोज राईले ६ सय ८ मत, नेपाल मजदुर किसान पार्टीकी चिरीमैया महर्जन (लाखाजु) ले २०७, स्वतन्त्र उम्मेदवार उमंग केसीले ९९ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अष्टराज बज्राचार्यले ८७ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया