हर्क साम्पाङले भने– ‘रवि लामिछाने नेतृत्वमा सरकार राम्रो हुनेछ’

लोकपथ
126
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नेतृत्व रवि लामिछानेले गरे राम्रो  हुने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । 

 उनले लेखेका छन्, ‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ तर सरकारको नेतृत्व रविले गर्दा राम्रो ।’

उनले रास्वपाका वरिष्ठ नेता बालेन शाहतर्फ लक्षित गर्दै सदनमा समय दिने र उत्तर दिने नेतृत्व चाहिने बताए ।

उनले लेखेका छन्, ‘नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैनन् । सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?