बैतडीमा रास्वपाका भण्डारी ४ हजार मतान्तरले विजयी

लोकपथ
91
Shares

काठमाडौं । एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिमोहन भण्डारी विजयी भएका छन् । उनी ४ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् ।

उनी २२ हजार १ सय ३४ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस चतुरबहादुर चन्दले १८ हजार १ सय ९४ मत प्राप्त गरेका छन् । 

चन्द नेपाल क्रिकेट संघका अध्यक्षसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?