मकवानपुर–२ मा महेश बर्तौलालाई हराउँदै रास्वपाका प्रशान्त उप्रेती विजयी

लोकपथ
189
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन् ।

आइतबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार महेश बर्तौलाले १८ हजार ८४६ मत प्राप्त गरे । बर्तौला २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यसपटक नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामा १५ हजार ५६ मतसहित तेस्रो स्थानमा रहे । निर्वाचन आयोगका अनुसार मतगणना सम्पन्न भएसँगै उप्रेती विजयी घोषित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?