काठमाडौं । श्रम संस्कृति पार्टीले खोटाङबाट प्रतिनिधिसभा सदस्यमा जित निकाल्दै आफ्नो खाता खोलेको छ ।
हर्कराज राई नेतृत्वको पार्टीबाट उम्मेदवार बनेका आरेन राई निर्वाचित भएका हुन् ।
अन्तिम मत परिणामअनुसार आरेन राईले १६ हजार ६१२ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरे ।
यस्तै, नेपाली कांग्रेसका वीरकाजी राई तेस्रो स्थानमा रहे । उनले ११ हजार ९५७ मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपाका हरि रोका ९ हजार ४४३ मतसहित चौथो स्थानमा रहे भने राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया