कस्तो रहला आजको मौसम

लोकपथ
77
Shares

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो देशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ।  देशको बाँकी भू-भागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।  तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। 

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल  लाग्नेछ। बाँकी भू-भागमा आंशिक बादल लाग्ने छ । कोशी र गण्डकी प्रदेशको  पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा र बागमती प्रदेशको  पहाडी र हिमाली भूभाग तथा कोशी प्रदेशको तराई भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?