नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतगणनाअनुसार उनले ४५ हजार २४१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पराजित गरे ।
यस क्षेत्रमा कांग्रेसका चौधरीले नौ हजार ५०२ मत प्राप्त गरे । नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद पाण्डेयले सात हजार ९५६ तथा जनता समाजवादी पार्टी नेपालका हृदयेश त्रिपाठीले सात हजार ८३२ मत प्राप्त गरे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया