चितवन-१ मा रास्वपाका हरि ढकाल विजयी

लोकपथ
154
Shares

चितवन । चितवनको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकाल विजयी भएका छन् । उनले ५८ हजार २०८ मत प्राप्त गरी विजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दावादोर्जे लामाले १० हजार ८९९ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार कृष्ण पन्तले चार हजार ८१ मत प्राप्त गरेका छन् ।

यस निर्वाचन क्षेत्रमा एक लाख ४९ हजार ६४१ मतदातामध्ये ९६ हजार १५४ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?