झापा । झापा निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निशा डाँगी भारी मतान्तरसहित विजयी भएकी छन्।
निर्वाचन आयोगका अनुसार डाँगीले ४५ हजार ६८० मत प्राप्त गरी सांसद निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका छन् ।
त्यस्तै, श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत ल्याएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया