दाङ । दाङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कमल सुवेदी विजयी भएका छन् ।
निर्वाचन अधिकृत चन्द्रबहादुर सिञ्जालीका अनुसार उनले नेपाली कांग्रेसका दीपक गिरीलाई २७ हजार ७९५ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् । यहाँ कांग्रेस उम्मेदवार गिरीले १६ हजार ४५३ मत प्राप्त गरेका छन् ।
यस्तै, नेकपा (एमाले) का घनश्याम पाण्डेले १२ हजार १९५ र नेपाल कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार ३२८ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा एक लाख ५० हजार ७२० मतदाता रहेकामा ८९ हजार ५२७ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया