जुम्लाबाट ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिता कठायतले ल्याइन् ४२१ मत

लोकपथ
168
Shares

काठमाडौं । बिहीबार सम्पन्न निर्वाचन अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्षमा खाता खोलेको छ ।

शनिबार आएको परिणाम अनुसार जुम्लाबाट राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) निर्वाचित भएका हुन् ।

उनले १४ हजार ८ सय १६ मत प्राप्त गरेका छन् । यता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नरेश भण्डारीले ११ हजार ६ सय ३५ मत प्राप्त गर्दै दोस्रो बनेका छन् ।

नेपाली कांग्रेसका दिपबहादुर शाहीले ७ हजार १ सय ४३ मत प्राप्त गर्दा नेकपा एमालेका शान्तिलाल महतले ४ हजार ५ सय १८ मत प्राप्त गरेका छन् ।

देशभर रास्वपाको लहर देखिए पनि जुम्लामा भने रास्वपा निक्कै कमजोर देखिएको छ । रास्वपाकी उम्मेदवार विनिता कठायतले ४२१ मत मात्रै प्राप्त गरेकी छन् । उनी यसअघि पनि रास्वपाबाट समानुपातिक सांसद बनिसकेकी नेता हुन् ।

त्यसो त यसअघि जुम्लामा जितेका ज्ञानेन्द्र शाहीले आफ्नो जित जोगाएका छन् । अन्य क्षेत्रमा भने राप्रपाले जित्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?