सुर्खेत–१ मा कांग्रेसका विष्णुबहादुर खड्का निर्वाचित

लोकपथ
84
Shares

सुर्खेत । सुर्खेत–१ बाट नेपाली कांग्रेसका विष्णुबहादुर खड्का विजयी भएका छन् ।

उनले कुल २६,८९७ मत प्राप्त गर्दै सबैभन्दा ठूलो अन्तरले जीत हासिल गरेका हुन् ।

निकटतम प्रतिस्पर्धी, नेकपा (एमाले) का ध्रुवकुमार शाही १८,८९० मतसहित दोस्रो स्थानमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का टेकबहादुर सिंह ठकुरी १४,७२९ मतसहित तेस्रो भए ।

अन्य उम्मेदवारमध्ये नेपाल कम्युनिस्ट पार्टीका जितबहादुर राना २,८२८, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि हमाल ठकुरी १,०४९, र श्रम संस्कृति पार्टीका वीरबहादुर राना ६४९ मतमा रोकिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?