सर्लाही–४ मा गगन दबाबमा, अमरेश भन्दा ८ हजार मतले पछि परे

लोकपथ
686
Shares

काठमाडौं । सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा झण्डै ८ हजार मतले पछि परेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहसँग उनी पछाडि परेका हुन् ।

पछिल्लो मत परिणामअनुसार सिंहले १९ हजार २१९ मत प्राप्त गर्दा थापा ११ हजार ११३ मतमा सीमित भएका छन् ।

यस क्षेत्रमा यी दुई उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा देखिएको छ भने अन्य उम्मेदवारको मत निकै कम रहेको छ ।

अहिले पनि मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?