लमजुङमा हारे पृथ्वीसुब्बा, रास्वपाका धर्मराज केसी विजयी

लोकपथ
77
Shares

काठमाडौं । लमजुङबाट नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पराजित भएका छन् । दोब्बर मतान्तरले रास्वपाका धर्मराज केसीसँग गुरुङ पराजित भएका हुन् ।

केसीले ३३ हजार ८ सय ९८ मत प्राप्त गर्दै विजयी भएका हुन् । यता पृथ्वीसुब्बा गुरुङले भने १६ हजार ८ सय ८७ मत प्राप्त गरेका छन् ।

यता नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले १६ हजार ५ सय ६९ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?