बालेनको जित सुनिश्चित, ओली ४३ हजार मतान्तरले पछि

लोकपथ
126
Shares

काठमाडौं । सर्वाधिक चर्चामा रहेको झापा क्षेत्र नं ५ को मतगणना जारी रहेको छ । जहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ ले ठूलो मतान्तर बनाएका छन् ।

निकटतम प्रतिद्धन्द्धी रहेका केपी शर्मा ओली ४३ हजार २१८ मतले पछि देखिएका छन् ।

जहाँ ३ः३० बजेसम्मको मतगणना अनुसार बालेनले ५९ हजार ९ सय ४७ मत प्राप्त गरेका छन् । यता नेकपा एमालेको अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले १६ हजार ३५० मत प्राप्त गरेका छन् ।

उक्त क्षेत्रमा अब १२ हजार ४२५ मत गणना गर्न बाँकी रहेको छ । यसरी हेर्दा बालेनको जित निश्चित भएको देखिन्छ ।

यक्त क्षेत्रमा कुल १ लाख ६३ हजार ७२ मत खसेको थियो । हालसम्म ९३ हजार ९ सय ४७ मतको गणना भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?