काठमाडौं । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । उनी ३८ हजार ४० मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत पाएका छन् । वाग्ले र भट्टराईको मतान्तर २१ हजार ८०९ रहेको छ ।
यस्तै, एमालेकी भगवती न्यौपानेले ५ हजार ८३० मत पाइन् ।
२०८० को उपनिर्वाचनमा स्वर्णिमले ३४ हजार ९१९ मत पाएका थिए । कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका थिए । त्यसबेला उनीहरुबीचको मतान्तर १४ हजार ७९७ रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया