भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी, महेश बस्नेत हारे

लोकपथ
56
Shares

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री विजयी भएका छन् । 

शनिबार सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार खत्री ४२ हजार ३३३ मत प्राप्त गरी विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतले १० हजार ७१७ मत प्राप्त गरेका छन् । 

नेपाली कांग्रेसका कवीर राणा ८ हजार ३०५ मत प्राप्त गरी तेस्रो भएका छन् । 

भक्तपुर–१ मा पनि रास्वपाकै उम्मेदवार विजयी भइसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?