कास्की १ मा रास्वपाका गनेस पौडेल विजयी

लोकपथ
35
Shares

काठमाडौं । कास्की– १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गडकराज पौडेल (गनेस पौडेल) निर्वाचित भएका छन् । पौडेल ३९ हजार ८ सय ८३ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार २१४, नेकपा एमालेका उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४२९ मत, नेकपा उम्मेदवार राजकाजी गुरुङ ‘करण’ले २ हजार ४७९ र राप्रपाका बाबुराम थापाले ९७८ मत पाएका छन् । 

यो क्षेत्रमा १ लाख १६ हजार ८७८ मतदाता रहेकोमा ७० हजार १५० मत खसेको थियो । जसमा ६७ हजार ४१० मत सदर र २ हजार ७४० मत बदर भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?