अछाम । अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसबिच तीव्र प्रतिस्पर्धा जारी रहेको छ । केही समय अगाडिसम्म नेपाली कांग्रेसले अग्रता बनाएकामा अहिले फेरि नेकपाले अग्रता बनाएको छ ।
अछाम १ मा यति बेला नेकपाका उम्मेदवार भीम बहादुर रावलले २३० मतले अग्रता बनाएका छन् ।
मध्यान्ह १२ बजेसम्मको मतगणनामा नेकपाका भीम रावलले ८ हजार ६६६ मत कायम गरेका छन् भने उनलाई नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार स्वारले ८ हजार ४३६ मतले पछ्याएका छन् । रावल र स्वारको मतान्तर २३० रहेको छ ।
कुनै समय एमालेको किल्ला रहेको अछाममा यस निर्वाचनमा भने एमाले तेस्रो स्थानमा रहेको छ । एमाले उम्मेदवार दीपक बहादुर साउदको भने ७ हजार ७ मत आएको छ ।
देशभर विजयी बनेको रास्वपा भने अछाम १ मा चौथो दलका रूपमा रहँदै अन्य दलभन्दा निकै तल रहेको छ ।
यहाँ रास्वपाका ओमप्रकाश रावलले १ हजार ५६९ मत मात्रै ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया