बारा–४ मा नेकपा छाडेर रास्वपा गएका रहबर अन्सारी विजयी

लोकपथ
49
Shares

काठमाडौं । बारा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रहबर अन्सारी निर्वाचित भएका छन् । अन्सारी ४१ हजार २ सय मतसहित विजयी भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत पाए । यस्तै जनता समाजवादी पार्टीकी सञ्जु साहले ७ हजार ५९३ मत पाएकी छन् । 

अन्सारी यसअघि माओवादीका केन्द्रीय सदस्य थिए । अन्सारीले मधेस प्रदेश सभाबाट राजीनामा दिँदै माओवादी छोडेका थिए । उनी प्रतिनिधिसभा चुनावताका नेकपा छोडेर रास्वपा प्रवेश गरेका थिए । 

किसान श्रेष्ठ भने निर्वाचनअघि माधव नेपाल नेपालको साथ छाडेर ओलीतिर लागेका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?