बुटवल । रुपन्देहीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा विजयी भएका छन् ।
थापा ५८ हजार ८ सय १४ मत ल्याई विजयी भएका हुन् । उनी ५० हजार ३ सय ८९ मतान्तरसहित विजयी भएका हुन् ।
८ जना उम्मेदवार रहेकोमा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४ सय ३५ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका वासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत ल्याएका छन् ।
निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ४० हजार ३५ मतदाता रहेकोमा ९४ हजार २ सय ३२ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया