अछाम । अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पाटी र नेपाली कांग्रेसबिच तीव्र प्रतिस्पर्धा जारी रहेको छ । अधिकांश समय नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले अग्रता लिएकामा शनिवार बिहानबाट नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार स्वारले अग्रता लिन थालेका छन्।
शनिवार बिहान ११:३० बजेको मत परिणाम अनुसार यतिबेला नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार स्वार रावलभन्दा मात्रै एक मतले अगाडि रहेका छन् ।
हालसम्मको मतगणनामा कांग्रेसका स्वारले ७ हजार ६१० मत ल्याएर अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टीका भीम रावलले ७ हजार ६०९ मतले पछ्याएका छन् । रावल स्वारभन्दा केबल एक मतले पछाडि रहेका छन् ।
कुने समय एमालेको किल्ला रहेको अछाममा यस निर्वाचनमा भने एमाले तेस्रो स्थानमा रहेको छ । एमाले उम्मेदवार दीपक बहादुर साउदको भने ६ हजार ९ सय १६ मत आएको छ ।
देशभर विजयी बनेको रास्वपा भने अछाम १ मा चौथो दलका रूपमा रहँदै अन्य दलभन्दा निकै तल रहेको छ ।
यहाँ रास्वपाका ओमप्रकाश रावलले १ हजार ३४१ मत मात्रै ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया