गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेका उम्मेदवारबिच तीव्र प्रतिस्पर्धा देखिएको छ । जारी मतगणनामा रास्वपा ६८ मतले अगाडि रहेको छ ।
गुल्मी क्षेत्र नम्बर २ मा एमालेबाट पूर्व मन्त्रीसमेत रहिसकेका गोकर्ण विष्ट उम्मेदवार छन् भने रास्वपाबाट पूर्व डिएसपी गोविन्द पन्थी उम्मेदवार रहेका छन् ।
यस क्षेत्रमा कहिले रास्वपा त कहिले एमालेले अग्रता लिइरहेको छ ।
शनिवार बिहान १० बजेसम्मको मतगणनामा गुल्मी २ मा रास्वपाका गोविन्द पन्थीले १५ हजार २७२ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई नेकपा एमालेका गोकर्ण विष्टले १५ हजार २०४ मतले पछ्याइरहेका छन् ।
उनीहरूबिचको मतान्तर केबल ६८ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया