वीरगन्ज । पर्सा क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्त (हरि पन्त) भारी मतान्तरले विजयी भएका छन् ।
रास्वपा उम्मेदवार पन्त २७ हजार २ सय ७४ मत प्राप्त गरी विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी एमालेका प्रदीप यादवले १३ हजार ३० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ
रास्वपाका पन्त एमालेका प्रदीप यादवलाई १४ हजार भन्दा बढी मतले पछि पार्दै विजयी भएका हुन् ।
यसैगरी कांग्रेसका अनिल रुंग्टाले ११ हजार ८८५ मत प्राप्त गरेका छन् ।
पर्सा क्षेत्र १ मा रहेको ८९ हजार ६ सय ३८ मतदाता रहेकोमा ६१ हजार ३ सय ६ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया