काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाको ‘क्लिनस्वीप’

लोकपथ
49
Shares

काठमाडौं । मुलुकको राजधानी काठमाडौंका १० वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले क्लिनस्वीप गरेको छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंका १० क्षेत्रमध्ये ४ क्षेत्रमा जितेको रास्वपाले यस पटक ती क्षेत्रमा जित दोहोर्‍याउँदै थप ६ क्षेत्रमा विजय हासिल गरी सबै क्षेत्र आफ्नो पक्षमा पार्न सफल भएको हो ।

रास्वपाबाट उम्मेदवार बनेर काठमाडौं–१ मा रञ्जु दर्शना (न्यौपाने), काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं–९ मा डोलप्रसाद अर्याल र काठमाडौं–१० मा प्रदीप विष्ट निर्वाचित भएका छन् ।

काठमाडौं–१ मा रञ्जु दर्शनाले १५ हजार ४५५ मत प्राप्त गर्दै निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याए ।

काठमाडौं–२ मा सुनिल केसीले ३४ हजार २३८ मत ल्याएर विजय हासिल गर्दा कांग्रेसका कबिर शर्माले ८ हजार ८७४ मत प्राप्त गरे ।

काठमाडौं–३ मा राजुनाथ पाण्डेले १८ हजार ७५७ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत पाए ।

काठमाडौं–४ मा पुकार बमले २९ हजार २४२ मत ल्याएर जित हासिल गर्दा कांग्रेसका सचिन तिमल्सेनाले ८ हजार ८२४ मत ल्याए ।

काठमाडौं–५ मा सस्मित पोखरेलले ३० हजार ७३७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ मत पाए ।

काठमाडौं–६ मा शिशिर खनालले २७ हजार ७१९ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत प्राप्त गरे ।

काठमाडौं–७ मा गणेश पराजुलीले २७ हजार ८०५ मत ल्याएर विजय हासिल गर्दा कांग्रेसका प्रमोदहरि गुरागाईँले ३ हजार ९८२ मत ल्याए ।

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठले २४ हजार ५९२ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरे ।

काठमाडौं–९ मा डोलप्रसाद अर्यालले ३५ हजार ९३ मत ल्याएर विजय हासिल गर्दा कांग्रेसकी नानुमैयाँ बास्तोलाले ५ हजार ४६० मत ल्याइन् ।

काठमाडौं–१० मा प्रदीप विष्टले ३७ हजार ४६९ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका हिमाल कार्कीले ८ हजार १०० मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?