गुल्मी–२ मा गोकर्ण विष्टको पुनः अग्रता, पन्थीसँग कडा प्रतिस्पर्धा

लोकपथ
679
Shares

रुपन्देही । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–२ मा मतगणना जारी छ । यहाँ नेकपा एमालेका गोकर्ण विष्ट र राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थी बीच कडा प्रतिस्पर्धा भइरहेको छ । मतगणनाको विभिन्न चरणमा दुवै उम्मेदवार कहिले अगाडि त कहिले पछाडि भइरहेका छन् ।

मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका तथा मालिका गाउँपालिका–१ देखि ६ सम्मको मतगणना सकिँदासम्म भने एमालेका विष्ट पुनः अगाडि आएका छन् ।

हालसम्मको परिणामअनुसार विष्टले १४ हजार २३४ मत पाएका छन् भने रास्वपाका पन्थीले १४ हजार मत पाएका छन् । यस अनुसार विष्ट २३४ मतले अगाडि छन् ।

त्यसैगरी नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ ले ११ हजार ३१४ मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टीका श्रीराम महत ले २ हजार ८०९ मत प्राप्त गरेका छन् ।

मतगणनाको केही चरणमा पन्थी अगाडि देखिए पनि पछिल्लो गणनामा विष्ट पुनः अग्रस्थानमा पुगेका हुन् । बाँकी क्षेत्रको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबीच गुल्मी क्षेत्र नम्बर–१ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल ले उल्लेख्य अग्रता बनाएका छन्। हालसम्म उनले १८ हजार ३३५ मत पाएका छन् ।

त्यहाँ एमालेका प्रदीप ज्ञवाली ले ९ हजार ९५५ मत, कांग्रेसका चन्द्र भण्डारी ले ७ हजार ५२१ मत र नेपाल कम्युनिस्ट पार्टीका सुदर्शन बराल ले २ हजार ७०२ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?