सिन्धुली–२ मा राजन दाहालको फराकिलो अग्रता

लोकपथ
1.3k
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली–२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का लेखनाथ दाहाल (राजन)ले अग्रता बढाउँदै लगेका छन् । सुरुवाती चरणमा पछि परेका दाहालले शनिबार बिहान ५ बजेसम्म ४ हजार ७८५ मतले अग्रता बढाएका हुन् ।

उनले ११ हजार ५७२ मत पाउँदा उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आशिष गजुरेलले ६ हजार ७८७ मत पाएका छन् । एमालेका मनोजजंग थापाले ६ हजार ४८१ र नेपाली कांग्रेसकी सुशीला थिङले ४ हजार ५४२ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?