जनकपुरधाम । जनकपुर प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाको अग्रता कायमै छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ५२ हजार ७३४ मतगणना हुँदा झाले ३३ हजार ४५५ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १२ हजार ६७७ र नेकपा (एमाले) का जुलिकुमारी महतोले ६ हजार ६०२ मत प्राप्त गरेका थिए ।
यसअघि सार्वजनिक भएको मतपरिणाममा झाले २१ हजार ५७४ मत प्राप्त गरेका थिए भने निधिले ७ हजार ३९९ मत र नेकपा एमालेकी उम्मेदवार जुली महतोले ३ हजार ८८४ मत ल्याएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया