सुनसरीका चारै क्षेत्रमा रास्वपाका उम्मेदवारको अग्रता

लोकपथ
161
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् ।

सुनसरीको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतका अनुसार आज राति १० बजेसम्म निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उम्मेदवार गोमा तामाङ दुई हजार १६२ मतसहित अग्रस्थानमा रहेका छन् । तामाङलाई श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले ८१६ मत ल्याएर पछ्याई रहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले ४४१ मत  प्राप्त गरेका छन् । 

निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाकै लालविक्रम थापाले ४ हजार २३ मत ल्याएर अग्रता कायम राखेका छन् । सो क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार राजीव कोइरालाले २ हजार १७० मत प्राप्त  गरेका छन् ।

क्षेत्र नम्बर ३ मा रास्वपाकै उम्मेदवार अशोककुमार चौधरीले ८ हजार ९९८ मत ल्याएर अग्रता कायम राखेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले चार हजार २९५ मत ल्याएर पछ्याई रहेका छन् । 

सुनसरीको क्षेत्र नम्बर ४ मा पनि रास्वपाका उम्मेदवार दीपककुमार साहले ८८२ मत ल्याएर अग्रता कायम राखेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की ५१७ मत ल्याइ पछ्याइ रहेका छन् भने नेपाल कम्युष्टि पार्टी माओवादीका उम्मेदवार महमद महफुस अंसारीले ३९५ मत प्राप्त गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?