काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी, कुलमान पराजित

लोकपथ
91
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे विजयी भएका छन् । पाण्डे १८ हजार ७ सय ५७ मतसहित विजयी भएका हुन् ।

त्यस्तै उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं काठमाडौं क्षेत्र नं ३ का उम्मेदवार कुलमान घिसिङ ठूलो मतान्तरसहित पराजित भएका छन् ।

कुलमानले ११ हजार १ सय ७१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत प्राप्त गरेका छन् ।

यता नेकपा एमालेका रामेश्वर फुयाँलले ३ हजार ८ सय १६ मत प्राप्त गर्दा राप्रपाका सुन्दरराम बोहराले ८ सय ४१ मत प्राप्त गरेका छन् ।

त्यसो त यसअघि नै रास्वपाले काठमाडौं १, ६, ८ मा विजयी हासिल गरिसकेको छ । निर्वाचित पाण्डे रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ का विश्वास पात्र हुन् । बालेन काठमाडौं महानगरको मेयर रहँदा नगरप्रहरी प्रमुख रहेका थिए । बालेन मेयरबाट राजीनामा दिएर रास्वपा प्रवेश गरेसँगै पाण्डेले समेत राजीनामा दिएर राजनीतिमा होमिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?