ललितपुर १ मा पनि रास्वपाको अग्रता

लोकपथ
1.3k
Shares

ललितपुर । कांग्रेसले सुरुवातदेखि अग्रता राखेको ललितपुर १ मा रास्वपाले अग्रता लिएको छ ।

साँझ ९ बजे प्राप्त मतगणनामा नेपाली कांग्रेसका उदय शमशेर जबरालाई पछि पार्दै रास्वपाका बुद्ध रत्न महर्जनले अग्रता लिएका हुन् ।

रास्वपाका बुद्ध रत्न महर्जन ७ हजार ७१ मतसहित अगाडि रहँदा कांग्रेसका उदय शमशेर जबरा ७ हजार ६४ मतले पछ्याइरहेका छन् । राणा महर्जनभन्दा ७ मतले अगाडि रहेका छन् ।

यस क्षेत्रमा एमालेका चेतनाथ सन्जेल ४ हजार २० मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?