सबैको चासो सर्लाही–४ : अमरेश र गगनमा को अघि ?

लोकपथ
2.3k
Shares

काठमाडौं । चासोका साथ हेरिएको सर्लाही क्षेत्र नं ४ मा मतगणना जारी रहँदा रास्वपाका उम्मेदवार डा. अमरेशकुमार सिंहले मतान्तर बढाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार सिंहले कांग्रेस उम्मेदवार गगनकुमार थापालाई २ हजार मतले पछि पारेका छन् ।

हालसम्म अमरेशले ४४९६ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेस सभापति समेत रहेका थापाले २ हजार ५ सय ३० मत आएको छ।

अमरेश र गगनबीच १९६६ मतान्तर रहेको देखिन्छ ।

एमालेका उम्मेदवार अमनिशकुमार यादवको ६४३ मत आएको छ । उक्त क्षेत्रमा ५१८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?