रुकुमपूर्वमा प्रचण्डको अग्रता कायमै

लोकपथ
126
Shares

रुकुमपूर्व । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअन्तर्गत रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायमै राखेका छन् । उनले पाँच हजार ९२४ मत प्राप्त गरेका छन् । ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लीलामणि गौतमले दुई हजार ९१ र नेपाली कांग्रेसका कुसुमदेवी थापाले एक हजार ७०९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनाल जानकारी दिए ।

हालसम्म भुमे गाउँपालिकाको नौ वडा र सिस्ने गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ७ को १० हजार ९२१ मतगणना सकिएको छ । यहाँ २९७ मत बदर भएको छ । अहिले सिस्ने गाउँपालिकाको ६ र ८ नम्बर वडाको मतगणना जारी छ । त्यसपश्चात् पुथा उत्तरगङ्गा गाउँपालिकाको मतगणना गरिने मुख्य निर्वाचन अधिकृत खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?